काठमाडौं– भूमी ब्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले नेपालको अतिक्रमण भएको भू–भाग सहितको नक्सा बनाउने काम अन्तिम चरणमा पुगेको जनाएकी छिन्।
शुक्रबार मन्त्रालयमा गरिएको पत्रकार सम्मेलनमा मन्त्री अर्यालले सुदुरपश्चिम क्षेत्रमा भारतले अतिक्रमण गरेको नेपालको भूभाग समेटेर नक्सा प्रकाशनको काम अन्तिम चरणमा पुगेको जनाएकी हुन्।
नक्सा निर्माणका लागि मन्त्रालयका सचिवको नेतृत्वमा समिति बनाएको बताउँदै उक्त समितिमा गृह, परराष्ट्र, संघीय मामिला, रक्षा मन्त्रालयका प्रतिनिधि रहेको बताइन्।
नापी विभागको प्राविधिक टोलीले नक्सा बनाउने काम अन्तिम चरणमा पुर्याएको उनको भनाई छ। त्यस्तै सगरमाथाको उचाइको नाप्ने काम पनि ९० प्रतिशत सकिएको र छिट्टै उचाई सार्वजनिक गर्ने मन्त्री अर्यालले बताइन्।