काठमाडौं– निवर्तमान सञ्चार तथा सूचनाप्रविधिमन्त्री गोकुल बास्कोटा आफूविरुद्ध झुटो आरोप लगाएको भन्दै उजुरी लिएर अदालत पुगेका छन्। गाली बेइज्जतीसम्बन्धी मुद्दा लिएर उनी जिल्ला अदालत काठमाडौं पुगेका हुन्।
उनले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा कमिसनको हिसाब किताब गरेको अडियो सार्वजनिक गर्ने विजयप्रकाश मिश्रविरुद्ध उजुरी दिएका छन्। बास्कोटाले मिश्रले आफूलाई झुटो आरोप लगाएको भन्दै उजुरी दिएका हुन्।