काठमाडौं– कार दुर्घटनामा घाईते भएका नेकपा (माले) का महासचिव, पूर्व उपप्रधानमन्त्री सीपी मैनालीलाई भेट्न सभामुख अग्नीप्रसाद सापकोटा अस्पताल पुगेका छन्।
शुक्रबार सभामुख सापकोटा मैनाली र उनका परिवारका घाईते सदस्यको स्वास्थ्य अवस्थाबारे जानकारी लिन ग्राण्डी अस्पताल पुगेका हुन्। सापकोटाले उपचारमा संलग्न चिकित्सकहरुसंग मैनाली र अरु घाईतेहरुको स्वास्थ्य अबस्थाबारे जानकारी लिएका थिए।
चिकित्सकहरुका अनुसार नेता मैनाली खतरामुक्त र उनकाे स्वास्थ्य सुधारोन्मुख रहेको छ। उपचाररत मैनाली र उनका परिवारसँगको भेटमा सभामुख सापकोटाले स्वास्थ्यलाभको कामना गरेका थिए।