काठमाडौं- नेपालका लागि नवनियुक्त भारतीय राजदूत विनयमोहन क्वात्रा आफ्नो कार्यभार सम्हाल्न आइतबार काठमाडौं आइपुगेका छन्। उनी बिहान करिव ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेका हुन्।
काठमाडौंस्थित भारतीय दूतावासका डीसीएम अजय कुमारलगायतले नवनियुक्त राजदूत क्वात्रालाइ विमानस्थलमा स्वागत गरेका थिए। क्वात्रा यसअघि फ्रान्सका लागि भारतीय राजदूत थिए। फ्रान्सबाट फर्किएलगत्तै उनलाई प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको राजदूत नियुक्त गरेका हुन्।
यसअघिका भारतीय राजदुत मञ्जिवसिंह पुरी डिसेम्बरमा आफ्नो कार्यकाल पूरा गरी भारत फर्किएपछि दुई महिनादेखि राजदुत पद रिक्त थियो। सन् १९८८ मा भारतको परराष्ट्र सेवामा प्रवेश गरेका उनले एक समय व्यापार, अर्थ व्यवस्था र वृत्त ब्यूरोको प्रमुखका रुपमा दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)मा भारतको प्रतिनिधित्व गरेका थिए।