काठमाडौं– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाली समकक्षी केपी शर्मा ओलीको सफल शल्यक्रियाको कामना गरेका छन्। मोदीले सोमबार एक ट्विट गर्दै नेपाली समकक्षी ओलीको सफल शल्यक्रिया र शीघ्र स्वास्थ्यलाभको कामना गरेका हुन्।
मोदीले ट्विटरमा लेखेका छन्, ‘मेरा प्रिय साथी केपी शर्मा ओली जी, तपाईंको सफल शल्यक्रिया र शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु।’
भगवान पशुपतिनाथले राम्रो स्वास्थ्य, खुशी र दीर्घ जीवन प्रदान गरुन भन्ने कामना पनि मोदीले गरेका छन्। नेपाल–भारतबीचको सम्बन्धलाई थप उचाइमा पुर्याउन ओलीको योगदानको प्रतीक्षामा आफू रहेको पनि मोदीले ट्विटरमा उल्लेख गरेका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीको आज दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरिँदैछ। त्यसका लागि ओली आज अस्पताल भर्ना हुँदैछन्।