काठमाडौं – उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानमन्त्री केपी शर्मा ओलीबिच बालुवाटारमा भेटवार्ता भएको छ। सोमबार दिउँसो उपराष्ट्रपति पुन प्रधानमन्त्री ओलीलाई भेट्न उनकै निवासमा पुगेका हुन्।
उनले भेटवार्तामा प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए। सचिवालय स्रोतको अनुसार उपराष्ट्रपतिले मिर्गौला प्रत्यारोपण बारे प्रधानमन्त्रीसँग कुराकानी गरेको र स्वास्थ्य लाभको कामना गरेका छन्।
प्रधानमन्त्री केपी शर्मा ओली बुधवार गरिने मिर्गौला प्रत्यारोपणका लागि आज अस्पताल जाँदै छन्।