काठमाडौं– चीनको वुहान शहरबाट फैलिएर ६४ वटा मुलुकमा त्रास फैलाइरहेको कारोना (कोभिड १९) भाइरसको बारेमा पर्याप्त सतर्कता अपनाउन नसकेको भन्दै सांसदहरुले सरकारको ध्यानाकर्षण गराएका छन्। सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा उनीहरुले नेपालसँग जोडिएका सीमा नाका बन्द गरेर भएपनि सतर्कता अपनाउनुपर्ने धारणा राखेका छन्।
सांसद उमा रेग्मीले कोरोना भाइरसको बारेमा सरकारले चासाो नदेखाएको र यस्को प्रभावबाट बच्न सतर्कता नअपनाएको बताइन्। उनले भारतसँग जोडिएका नाकाहरुबाट निर्वाध आवतजावत भइरहेको भन्दै सरकारले यसलाई संवेदनशील रुपमा लिएर नाकाहरु बन्द गर्न सुझाव दिइन्। उनले अरु देशले नाका बन्द गरिसकेको अवस्थामा नेपाललाई पनि नाका बन्द गर्न कुनै अप्ठेरो नपर्ने धारणा व्यक्त गरिन।
त्यस्तै, तुलसा थापाले विश्व स्वास्थ्य संगठनले नेपाल समेत उच्च जोखिममा रहेको भन्दै यस्तो अवस्थामा नेपालमा कोरोना भित्रदा भयावह स्थिती हुन सक्ने भन्दै चेतावनी दिइन्। उनले रोकथामक लागि विदेशबाट आउने यात्रुहरुलाई हेल्थ डेक्स स्थापना गरि नागरिकको ज्यान बचाउन समेत आग्रह गरिन्