काठमाडौं - थरुहट थारुवान राष्ट्रिय मोर्चाले तराईका विभिन्न जिल्लाहरुमा आमहड्तालको घोषणा गर्दै दुई दिन अत्यावश्यक सेवा बाहेक सबै बन्द रहने घोषणा गरेको छ। गत पुस २२ गते सरकारसँग १४ बुँदे माग राखी आफनो माग सम्वोधन गर्न पुस मसान्तसम्मको अल्टिमेटम सहित ज्ञापन पत्र बुझाए पनि सरकारले आफुहरुको माग प्रति कुनै सुनुवाई नगरेको भन्दै बन्दको घोषणा गरिएको विज्ञप्तीमा जनाएको छ।
थरुहट थारुवान राष्ट्रिय मोर्चाको आमहडतालको प्रभाव आज बिहानै देखि तराइका विभिन्न जिल्लाहरुमा देखिएको छ। बन्दका कारण कैलाली, कञ्चनपुर, दाङ्ग सहित तराईका विभिन्न जिल्लामा लामाे तथा छाेटाे दुरिका सवारी साधनहरू सञ्चालन हुन सकेका छैनन भने हड्तालकै कारण बजार, कलकारखाना, उद्योग धन्दा, शिक्षण संस्थाका पूर्ण रुपमा बन्द रहेका छन् ।
थरूहट थारूवान राष्ट्रिय माेर्चाले सरकारसँग ०६५ चैत्र १ गते र ०६९ जेष्ट १० गते भएकाे १० बुँदे सहमति कार्यान्वयन नगरेकाे भन्दै बन्द-हड्ताल गर्नुपरेको जनाएकाे छ।