काठमाडौँ, २९ माघ – नेपाल विद्यार्थी संघका महामन्त्री कुन्दनराज काफ्लेले नेपाली कांग्रेसका शीर्ष नेताहरु नै नेवि संघ सिध्याउन लागिपरेको बताएका छन्।
नेपाली पब्लिकसँगको विशेष अन्तरवार्तामा महामन्त्री काफ्लेले विशेषतः पार्टी सभापति शेरबहादुर देउवाकै कारण नेवि संघ अस्तव्यस्त भएको बताएका हुन्।
‘शेरबहादुर देउवाकै कारण नेपाल विद्यार्थी संघ अस्तव्यस्त भएको हो, पार्टीका नेताहरुले नै नेवि संघभित्र चलखेल गरिरहेका छन्,’ काफ्लेले भने, ‘नेवि संघमा विवाद ल्याउने काम नै पार्टीका नेताहरुले गरिरहेका छन्।’
आफूनिकटका नेताहरुलाई स्थापित गर्नका लागि कांग्रेसका उच्च नेताहरुले नै योजनावद्ध रुपमा नेवि संघको विवाद चर्काइरहेको महामन्त्री काफ्लेले दावी गरे।
‘कांग्रेस सभापति शेरबहादुर देउवाले गर्दा पार्टी छियाछिया भइसक्यो, नेपाल विद्यार्थी संघ पनि उस्तै अवस्थामा छ,’ उनले भने।
हेर्नुहोस् नेपाल विद्यार्थी संघका महामन्त्री कुन्दनराज काफ्लेसँग गरिएको विशेष कुराकानी:
https://www.youtube.com/watch?v=zFL0NlqK7m4