काठमाडौं– पूर्व राजा ज्ञानेन्द्र शाहले प्रधानमन्त्री केपी शर्मा ओलीको सुस्वास्थ्यको कामना गरेका छन्। पूर्व राजा शाहले सोमबार त्रिवि शिक्षण अस्पताल(टिचिङ) मा भर्ना भएका प्रधानमन्त्रीको सफल मृगौला प्रत्यारोपण र शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्।
आफ्ना दूत एवं पूर्वप्रमुख सचिव पशुपतिभक्त महर्जन मार्फत एक सन्देश पठाउँदै पूर्व राजा शाहले स्वास्थ्य लाभको कामना गरेका हुन्। प्रधानमन्त्री ओलीको बुधबार बिहान ९ बजेदखि मृगौला प्रत्यारोपण शुरु हुने भएको छ। उनको आज (मंगलबार) बिहान डायलासिस गरिएको छ।