काठमाडाैं – प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण सफल भएको छ।
शिक्षण अस्पताल महाराजगञ्जमा बिहान १० बजेदेखि प्रत्यारोपण सुरु भएको थियो। चार घण्टा लगाएर गरिएको प्रत्यारोपण सफल भएको शिक्षण अस्पतालले जनाएको छ।
साथै प्रत्यारोपण गरिएको मिर्गौलाले काम गर्न थालेको बताईएको छ। प्रधानमन्त्री ओलीको सफल मिर्गाैला प्रत्यारोपणको कामना गर्दै अस्पतालबाहिर ठूलै सङ्ख्या शुभेच्छुक उपस्थित भएका थिए। विभिन्न देशका प्रमुखले पनि प्रधानमन्त्री ओलीलाई शुभकामना दिएका थिए।
यो प्रधानमन्त्रीको दोस्रो पटक मृगौला प्रत्यारोपण गरिएको हो। यसअघि भारतको एपोलो अस्पतालमा १२ वर्षअघि मिर्गाैला प्रत्यारोपण गरिएको थियो।