काठमाडौं– नवनियुक्त भारतीय राजदूत विनयमोहन क्वात्रा र नेकपाका वरिष्ठ नेता माधव कुमार नेपालबीच भेटवार्ता भएको छ। पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता नेपाललाई भेट्न भारतीय राजदूत क्वात्रा शुक्रबार बिहान नेपाल निवास कोटेश्वर पुगेका थिए।
नेकपा विदेश विभाग उपप्रमुख विष्णु रिजालको अनुसार भेटमा दुई देशबीचको सम्बन्ध मजबुत बनाउने विषयमा छलफल भएको थियो। भेटका क्रममा राजदूत क्वात्राले नेता नेपाललाई जन्मदिनको शुभकामनासमेत दिएका थिए।
बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई ओहोदाको प्रमाणपत्र बुझाएलगत्तै भारतीय राजदूत राजनीतिक भेटघाटमा व्यस्त भएका छन्। उनी नेपालका लागि भारतीय राजदूत बनेर १८ फागुनमा काठमाडौं आएका थिए।