काठमाडौं – नेपाली कांग्रेसका नेताहरु मास्क लगाएरै दिल्ली प्रस्थान गरेका छन्। नेपाली कांग्रेसमा महामन्त्री डा. शशांक कोइरालासँगै केन्द्रीय सदस्यहरू डा.मीनेन्द्र रिजाल, डा.चन्द्र भण्डारी, दीपक गिरी, पूर्वसांसद उदय शम्शेर राणा र दीपक खड्का भारत गएका हुन्।
उनीहरुले मास्क लगाएको तस्वीर सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ। उनीहरुले भारत जाने बेला मास्क लगाएको सामूहिक फोटो बाहिरिएको हो। केही दिनअघि भारतको उत्तर प्रदेशको भ्रमण पूरा गरेर स्वदेश फर्किएका महामन्त्री डा.कोइराला पुनः बनारस प्रस्थान गरेको उनको निजी सचिवालयले जनाएको छ।
बनारसमा रहँदा डा.कोइरालाले नेपालको प्रजातन्त्र स्थापनामा काशी क्षेत्रले खेलेको भूमिका विषयक कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम छ।