काठमाडौं– नेपाल सरकार शिक्षा मन्त्रलायले माध्यमिक शिक्षा परीक्षा (एसइइ) पूर्व निर्धारित मिति नै हुने बताएको छ। कोरोना भाइरसको कारण परीक्षा स्थगित हुने हल्ला चलिरहेको बेला मन्त्रालयले शुक्रबार विज्ञप्ती निकालेर यस्तो जानकारी दिएको हो।
मन्त्रालयले परीक्षा स्थगित हुन्छ भन्ने हल्लाको पछि नलाग्न सबैलाई अनुरोध गरेको छ। परीक्षा सरेको वा विद्यालय बन्द गरिएको भन्ने गलत सूचना र समाचारमा सत्यता नभएको विज्ञप्तीमा उल्लेख छ।