काठमाडौँ, १ फागुन– राज चाम्लिङ राईको लेखन तथा निर्देशनमा चलचित्र ‘बैनाबट्टा’ बन्ने भएको छ। काठमाडौँमा एक कार्यक्रमबीच चलचित्रको शुभमुहूर्त गरिएको हो।
चलचित्रमा पुर्वी नेपालका जनजातिहरुको जीवनमा आइपर्ने यथार्थ कथावस्तु रहने निर्देशकले बताए। ४० लाखको लागतमा बन्न लागेको यस चलचित्रमा एबिराज आङदेम्बे, भवानी घिमिरे, बिक्रम नेम्वाङ, राम लावती, समिल राई, सुनिता लिम्बु र यसराज योङहाङ सहायक निर्माता रहेका छन्।
चलचित्रमा बुद्धराज इङबा, राज चाम्लिङ र सन्तोष राईको संगीत रहने छ। त्यस्तै देबेन्द्र नेम्वाङ, कविता राई, बाबु मोक्तानको मुख्य भुमिका रहने यस चलचित्रमा रश्मि तामाङ, अर्जुन श्रेष्ठ, पुर्ण पोर्तेल, नरेश वनेम र रिया सुब्बा लगायतको अभिनय रहने छ।