काठमाडौँ १ फागुन–चलचित्र ‘म होइन म’ ले एक करोड भ्यूज पाएको छ। समलिंगी विवाह सम्बन्धी रहेको यो चलचित्र पहिचान मिडियाको युट्युव च्यानलमा एक बर्ष अगाडि अपलोड भएको थियो। नील हिरा समाजले निर्माण गरेको चलचित्र हलमा भने प्रदर्शन भएको छैन।
चलचित्रले युट्युवमा झण्डै नौ सय प्रतिक्रिया पाएको छ। चलचित्रमा समलिंगी व्यक्तिलाई घर, परिवार र समाजले गर्ने व्यवहार देखाएको छ। चलचित्र ‘मानव अधिकार अन्तराष्ट्रिय फिल्म महोत्सव–२०१७’ मा दखाइएको थियो।
समलिंगी सम्बन्धलाई लिएर बनाइएको चलचित्र ‘म होइन म’ इलम दीक्षितले निर्देशन गरेका हुन्। ८० मिनेट लामो चलचित्रले आफ्नै परिवारले फरक यौनिकता स्वीकार नगरेसम्म समाज र राज्यले स्वीकार गर्दैन भन्ने सन्देश दिने यो चलचित्र नेपालकै पहिलो समलैंगिक सम्बन्धलाई लिएर बनाइएको चलचित्र हो।