काठमाडौं– भर्खरै मात्र मिर्गौला प्रत्यारोपण गरेर अस्पतालमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली डिस्चार्जका लागि तयार भएपनि उनको निजी निवास बालुवाटारमा आवश्यक तयारी नभएको कारण अस्पतालमै राखिएको छ।
दोस्रो पटक मिर्गौला प्रत्यारोपणका गरेर अस्पतालमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली डिस्चार्जका लागि तयार भएपनि उनको निजी निबासमा आवश्यक तयारी नपुगेका कारण अस्पतालमै राखिएको जनाइएको छ।
उपचारमा संलग्न चिकित्सकहरुको अनुसाार दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थामा अपेक्षित सुधार भएका बताएका छन्। तर, उनको निजी निवासमा आवश्यक तयारी नपुगेको र अहिलेकै अवस्थामा संक्रमण हुने खतरा रहेकाले केही दिन अस्पतालमै राखिएको हो।
मंगलबार प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी दिन त्रिवि शिक्षण अस्पतालमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रधानमन्त्री ओलीकी निजी चिकित्सक समेत रहेकी डा. दिव्या सिंहले घरमा आवश्यक तयारी गर्नु परेका कारण प्रधानमन्त्री ओलीलाई डिस्चार्ज नगरी अस्पतालमै राखिएको बताएकी हुन्।
डा सिंहले परिवारका सदस्यहरुले घरमा आवश्यक तयारी गर्नुपर्ने भएकाले केही दिन डिस्चार्ज नगरी अस्पतालमै राखिदिन भनेर अनुरोध गरेको जनाइन्।