काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका दुई घटकबीच एकताका लागि सहमति जुटेको छ।
राजधानीमा बुधबार जारी दुई राप्रपाबीचको एकतासभामा कार्यकर्ताले अबदेखि पार्टी टुक्र्याउन नपाइने भन्दै भाँडभैलो मच्चाएका हुन्।
वर्तमान अध्यक्ष कमल थापा र पशुपतिशम्शेर जबराले पार्टी एकीकरण पत्र आदानप्रदान गरेर दुई पार्टी अबदेखि राप्रपा भएको घोषणा गरेका हुन्।
पार्टीको नाम राष्ट्रिय प्रजातन्त्र पार्टी नै रहने र चुनाव चिन्हबारे छलफलपछि निर्णय लिने जनाइएको छ। एकताकफ आधार पत्र भनी १० बुँदे सहमति पत्र जारी गरिएको छ।
एक जनाले बोल्न एक मिनेट समय माग गर्दै भने, ‘पटकपटक पार्टी फुटेर धोका पाएका छौं। नेताहरूले गीताको पुस्तक छोएर अब पार्टी फुट्दैनौं भन्नुर्पयो।’
हिन्दु राष्ट्र बनाउने नीतिअनुसार दुई राप्रपा मिलेका हुन्। एकीकरणसँगै राप्रपामा थापा, राणा र प्रकाशचन्द्र लोहनी अध्यक्ष छन्।