काठमाडौं– धेरै जसो महिलाहरु अनुहारमा सौन्दर्य र चमक बढाउन फेशियल गर्छन्। छालाका विभिन्न समस्याहरु बाट निजात पाउन र सौन्दर्य निखार्नको लागि फेशियल राम्रो उपाय हो। तर अत्यधिक फेशियल गर्नाले अनुहार बिग्रन पनि सक्छ।
फेशियलको बेफाइदा
एलर्जी– अनुहारमा फेशियल गर्दा धेरै प्रकारका केमिकल युक्त क्रिमहरू प्रयोग हुने गर्छ। यी क्रिमहरू प्रायः सबैको अनुहारमा मिल्दैन। त्यसकारण यी क्रिमहरुले छालामा एलर्जी पनि निम्त्याउन सक्छ।
छालामा रातो दाग– अनुहारमा धेरै स्क्रब र मसाज गरिन्छ। तर गलत मसाजको कारण अनुहारको छाला पनि रातो हुन सक्छ र यसले छालामा संक्रमण गराउन सक्छ।
ब्ल्याक हेडस्– अनुहारको रोम छिद्र खुल्ला हुने हुँदा ब्ल्याक हेडस् बन्ने गर्छ। खुल्ला रोम छिद्र भएको अनुहारका लागि यस्ता केमिकल युक्त उत्पादनहरु धेरै हानिकारक हुन सक्छ।