चीनको राष्ट्रिय स्वास्थ्य आयोगका प्रवक्ताले बिहीबार कोरोना भाइरस समाप्त भएको घोषणा गरेका छन्।
पछिल्लो समय चीनमा कोरोना भाइरसका नयाँ संक्रमित भेटिने क्रम मन्द भएपछि यस्तो घोषणा गरिएकाे हो। चिनियाँ स्वास्थ्य आयोगका प्रवक्ताको भनाइ उद्धृत गर्दै सिन्ह्वाले हालै समाचार तयार पारेको छ।
चीनको वुहानबाट सुरु कोरोना भाइरसको संक्रमण पछिल्लो समय इटाली, कोरिया, जापान, इरानलगायत एक सय २५ मुलुकमा फैलिसकेकाे छ। चीनकै वुहान बाहेक अन्य सहरमा भने संक्रमण फैलन पाएको छैन। यसका लागि चीन सरकारले सुरुदेखि नै उच्च सतर्कता अपनाउँदै आएको थियो।
हालसम्म विश्वभर एक लाख २७ हजारभन्दा बढीलाई कोरोना भाइरसकाे संक्रमण देखिएको छ भने ४ हजार ७ सय भन्दाधेरैको मृत्यु भइसकेको छ। यसमध्ये अधिकांश चिनियाँ नै छन्।