एजेन्सी– मानिसहरू व्यस्त तथा दाैडधूपकाे जीवन बाँचिरहेका छन्। यस्ताे बेलामा प्रत्येक व्यक्तिले आफ्नो स्वास्थ्यको विशेष ध्यान राख्नु अतप नै आवश्यक छ। वर्तमान समयमा विश्व काेराेना महामारीकाे सामना गरिरहेकाे छ। जिम जाँदा काेराेना भाइरसकाे खतरा बढ्छ त? यसबारे यहाँ चर्चा गर्याैं।
दैनिक जिम जाँदा मानिसले सबै प्रकारका कसरत गर्न आवश्यक छ। यो भाइरस पसिनाद्वारा फैलिएको भन्ने पाइएकाे छैन। त्यसकारण काेराेना भाइरस फैलिरहेकाे समयमा पनि जिम जानु र व्यायाम गर्नु राम्रो हुन्छ। वैज्ञानिकहरूले कोरोना भाइरससँग लड्नकाे लागि विभिन्न खाेज गरिरहेका छन्। अनुसन्धानले पत्ता लगाएअनुसार कोरोना भाइरस धातु, गिलास र प्लास्टिकमा करिब दुई घण्टा बस्न सक्छ। मेट्रो ह्याण्डलहरू वा ढोका ह्यान्डलहरू जस्ता चीजलाई छुनुचाँहि जोखिम हुन सक्छ।
तर जिम जाँदा समवधानी भने अपनाउनुपर्ने हुन्छ। जिममा उपकरणहरू छुनुभन्दा पहिले साेच्नैपनेर् हुन्छ। त्यस्ता उपकरणाबाट कोरोना भाइरस फैलने बढी जोखिम छ। त्यस्तै जिममा जाँदा साथीहरूसँग हात मिलाउने चलन हुन्छ र कसैसँग काेराेना भाइरस रहेछ भने अर्काे व्यक्तिमा सर्न सक्छ।
विज्ञहरूकाेअनुसार जिममा अन्य मानिससँग अधिकतम दूरी राख्नु उचित हुन्छ। जिममा सतर्क हुनुपर्दछ र प्रयोग गर्नुअघि सबै उपकरणहरू सफा गर्नुपर्दछ। यदि सम्भव छ भने ग्लोभस प्रयोग गर्नुपर्छ। जिममा कसरत गर्नु अघि र पछि हात राम्रोसँग धुनुपर्छ। स्टीम कोठामा नजानु पनि राम्राे हुन्छ।