कास्की– १८ औं संस्करणकाे आहा रारा गाेल्डकपकाे दाेस्राे सेमिफाइनलमा त्रिभुवन आर्मी क्लबलाई हराउँदै मनाङ मर्स्याङ्दी क्लब फाइनलमा प्रवेश गरेकाे छ। बिहीबार पाेखरा रंगशालामा भएकाे खेलमा मनाङले आर्मीलाई ३–२ गाेलले पराजित गरेकाे हाे।
मनाङकाे जितमा फ्लोरेन्ट, बिमल राना र अन्जन बिष्टले गाेल गरे भने आर्मीकाे लागि कप्तान भरत, दिप लामाले गाेल गरेका थिए। खेलको चौथो मिनेटमा फ्लोरेन्टकाे गोलमा मनाङले सुरूवाती अग्रता बनायाे। त्यस्तै खेलकाे २९औं मिनेटमा बिमल रानाले गोल गर्दै मनाङको अग्रता दोब्बर बनाए।
खेलकाे ४२ औँ मिनेटमा कप्तान भरतले गाेल गर्दै आर्मीलाई खेलमा फर्काए। उनले नवयुग श्रेष्ठले दिएको हेडर पासमा हेडर गाेल गरेका थिए। खेलकाे ८१ औँ मिनेटमा अन्जन बिष्टले गोल गर्दै मनाङलाई ३-१ को अग्रता दिलाए। तर खेलकाे ८३ औँ टंक बस्नेतको क्रसमा दिप लामाले गोल गर्दै खेललाई ३-२ को अवस्थामा ल्याएपनि त्यसपछि अन्य गाेल ननिस्कँदा मनाङ विजयी भयाे र उपाधि भिडन्त पक्का गर्याे।
यससँगै शनिबार नेपाल पुलिस क्लब र मनाङबीच उपाधि भिडन्त हुनेछ। खेल हुनेछ। गाेल्डकपकाे उपाधि विजेताले १० लाख र उपविजेताले ५ लाख पाउनेछन्।