एजेन्सी– चीनको वुहान शहरबाट महामारीको रुपमा फैलिएको कोराना (कोभिड–१९) भाइरबाट विश्वभर मर्नेहरुको संख्या ४ हजार ७ सय ४९ पुगेको छ भने संक्रमितको संख्या १ लाख २९ हजार बढी पुगेको छ।
कोरानाबाट चीनमा सबैभन्दा बढी ३ हजार एक सय ६९ जनाको ज्यान गएको छ भने ६२ हजार ८ सय १७ जना निको भएर घर फर्किएका छन्। चीनमा तीव्र रुपमा फैलिएको कोरोनाको संक्रमण पछिल्लो समयमा मन्द भएको छ। त्यसकारण चीनको स्वास्थ्य विभागले कोरोना महामारीको अन्त्य भएको घोषणा गरेको छ।
युरोपका देशहरुमा भने कोरोनाको संक्रमण अहिलेपनि अनियन्त्रित रुपमा फैलिरहेको छ। चीनपछि इटालीमा सबैभन्दा बढी ८ सय २७ जनाको मृत्यु भएको छ। त्यसैगरी इरानमा ४ सय २९, स्पेनमा ८४ जना, दक्षिण कोरियामा ६६ जना, फ्रान्समा ४८ जना, अमेरिकामा ३८ जनाको ज्यान गइसकेको छ।
तथ्याङ्कलाई हेर्दा कोरोना संक्रमितमध्ये ७३ हजार ४ सय ६ जनाकाे केस बन्द भएकाे छ। जसमध्ये ४ हजार ७ सय ४९ अर्थात् ६ प्रतिशतको मात्र मृत्यु भएको छ भने ६८ हजार ६ सय ५८ अर्थात् ९४ प्रतिशत मानिसको सफल उपचार भएको छ।