काठमाडौं– फ्राइ चिकेन र माछा धेरै खाने गर्नुभएको छ? सावधान यदि त्यसो हो भने, फ्राई गरिएको कुखुराको मासु र माछाले मृत्युको जोखिम बढाउँछ। फ्राइ गरिएको चिकेनको मासु सेवन गर्नु स्वास्थ्यका लागि निकै हानीकारक रहेको नयाँ अनुसन्धानले देखाएको छ। हालै अमेरिकामा गरिएको एक अध्ययनले दैनिक ‘फ्राइड चिकेन’ खाने महिलामा १३ प्रतिशत मृत्युको जोखिम हुने देखाएको छ।
त्यसैगरी फ्राइ माछाले ७ प्रतिशत मृत्युको जोखिम र १३ प्रतिशत मुटुको जोखिम बढाउँने पाइएको छ। १८ उमेरका मानिसहरुमा गरिएको उक्त अध्ययनले चिल्लो खानेकुराले महिला स्वास्थ्यमा ठूलो नोक्सानी पुर्याउने निष्कर्ष निकालेको छ। फ्राइड चिकेन र माछा दैनिक सेवन गर्नाले क्यान्सरको जोखिम बाहेक मृत्युको जोखिम पनि निम्त्याउने नयाँ अनुसन्धानले देखाएको छ।