एजेन्सी – विश्वभर कोरोना भाइरसका कारण ४ हजार ९ सय ९० जनाको मृत्यु भएको छ। त्यस्तै संक्रमितको संख्या १ लाख ३५ हजार नाघेको छ। एकदिनमा नै यति धेरै संक्रमितहरुको संख्या बढेको यो पहिलो घटना हो।
हाल विश्वका १ सय २७ देशमा कोरोना भाइरसको संक्रमण देखिएको छ। भाइरसक संक्रमितमध्ये उपचारपछि ठीक हुनेको संख्या ७० हजारभन्दा बढी रहेको छ। चीनमा पछिल्लो समय भाइरस नियन्त्रणम आएको अधिकारीहरले जनाएका छन्। चीनमा बिहीबार मात्र जम्मा १८ जना नयाँ केश फेला परेको थियो।
तर, युरोपमा भने कोरोना भाइरसले तहल्का मच्चाइराखेको छ। आर्थिक संकट पनि उस्तै देखिएको छ। इटाली, इरान, दक्षिण कोरिया, जर्मनी, फ्रान्स, स्पेन, अमेरिका लगायत अन्य देशमा यो भाइरस तीब्र रुपमा फैलिएको छ।