कपिलवस्तु – जिल्ला अदालत कपिलवस्तुमा दोभाषेको रुपमा कार्यरत करार कर्मचारी घुससहित पक्राउ परेका छन्। ठगी मुद्दामा सहजीकरण गरिदिने भन्दै मुद्दाका प्रतिवादी पक्षबाट लिएको २ लाख घुससहित दोभाषे विश्वनाथ कुर्मी (चौधरी)पक्राउ परेका हुन्।
पूर्व सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवलस्थित कार्यालयबाट खटिएको टोलीले चौधरीलाई कपिलवस्तु नगरपालिका–१ स्थित महामाया प्रेसबाट पक्राउ गरेको हो। घुससहित पक्राउ परेका चौधरीमाथि थप अनुसन्धान भइरहेको जनाइएको छ।