एजेन्सी– विश्व चर्चित क्रिकेट फ्रेन्चाइज लिग इन्डियन प्रिमियर लिग (आइपीएल) २०२० अप्रिल १५ तारिखसम्मको लागि स्थगित भएको छ।
विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसकाे संक्रमण भारतमा पनि बढिरहेको भन्दै भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआइ)ले यस्तो निर्णय गरेको हो।
यसअघि मार्च २९ बाट सुरु हुने भनिएको आइपीएलको खेल तालिकासमेत सार्वजनिक भइसकेको थियो। बीसीसीआइले कोरोनाको जोखिमबारे जानकारी गराउँदै आइपीलको मिति परिवर्तन गरेको हो।
हालसम्म भारतमा कोरोना संक्रिमितको संख्या ७३ पुगिसकेको छ भने संक्रमणबाट एक जनाकाे ज्यान गइसकेको छ।