काठमाडौं– काठमाडौं जिल्ला खेलकुद विकास समितिका पदाधिकारीले आज (शुक्रबार) पदभर ग्रहण गरेका छन्। अध्यक्ष अरुण बस्नेतलगायत ५ जना पदाधिकारीले जिल्ला खेलकुद विकास समिति ज्ञानेश्वरको कार्यालयमा पदभारग ग्रहण गरेका हुन्।
बागमति प्रदेश खेलकुद विकास परिषदका सदस्य प्रहलाद दाहालको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा अध्यक्ष बस्नेत तथा सदस्यहरु रुपा थापा मगर, तप्तराज तिमल्सीना, विनु खड्का र राजेन्द्र अर्यालले औपचारिक रुपमा पदभार सम्हालेका हुन्।
कार्यक्रममा पुर्वअध्यक्ष ध्रुवराज न्यौपाने, बागमती प्रदेश खेलकुद विकास परिषदका सदस्यहरु प्रल्हाद दाहाल,ममिता शेर्पा,निरञ्जन थापा मगर,विकाश श्रेष्ठ र सिन्धुपाल्चोक जिल्ला खेलकुद विकास समितिका अध्यक्ष शिव देउजालगायत खेल क्षेत्रसँग सम्बन्धित व्यक्तिहरुको उपस्थिति थियो।
कार्यक्रममा पुर्वअध्यक्ष न्यौपानेले पदभार सम्हालेका पदाधिकारीलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिँदै टिमलाई पुर्ण रुपमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। त्यस्तै अध्यक्ष बस्नेतले सबैलाई धन्यवाद दिँदै हिजोका राम्रो कुराहरुको अनुसरण गर्दै सबैको सल्लाह लिएर आफुले काम गर्ने बताए। उनले खेलकुदको विकासका लागि आफूले लागिपरेर काम गर्ने जानकारी दिए।
बस्नेतलगायतका पदाधिकारीलाई केहि समय अगाडि नै बागमति खेलकुद विकास परिषदले काठमाडौं जिल्ला खेलकुद विकास समितिमा चयन गरेको थियो।