एजेन्सी– विश्वको १ सय ४५ वटा मुलुकमा फैलिएको कोरोना (कोभिड १९) भाइरसको कारणबाट हालसम्म ५ हजार ४ सय ३६ जनाको मृत्यु भएको छ भने एक लाख ४५ हजार ६ सय ३७ जना संक्रमित छन्।
कोरोना सङ्क्रमित भएकामध्ये ७२ हजारभन्दा बढी निको भएर घर फर्केका छन्। अझै ६ हजारभन्दा बढी सङ्क्रमित उच्च जोखिममा छन्। चीनको हुबेई प्रान्तको वुहान शहरबाट सुरु भएको नोवल कोरोना भाइरसको संक्रमणबाट सबैभन्दा बढी चीनका नागरिक नै निको भएर घर फर्केको भए पनि मृतकको संख्या सबैभन्दा बढी चीनमा नै रहेको छ।
हालसम्म चीनमा ३ हजार १ सय ८९ जना चिनिँया नागरिकले कोरोनाबाट ज्यान गुमाइसकेका छन् भने ८० हजार ८ सय ३४ जना संक्रमित छन्। त्यस्तै चीनपछि पछिलो समयमा इटाली, इरान र दक्षिण कारियामा कोरोनाको माहामारी तिव्र रुपले फैलिइरहेको छ। शुक्रबार मात्रै थप २ सय ५० जनाको मृत्यु भएसंगै इटालीमा कोरोबाट ज्यान गुमाउनेको संख्या १ हजार २ सय २६ पुगेको छ भने १७ हजार ६ सय ६० जना संक्रमित छन्।
इरानमा ५ सय १४ जना कारेनाको कारण मरिसकेका छन् भने ११ हजार ३ सय ६४ जनामा संक्रमण देखिएको छ। दक्षीण कोरियामा ७२ जनाको मृत्यु भएकाे छ र संक्रमितको संख्या ८ हजार ८६ पुगेको छ।
त्यसैगरी स्पेन, फान्स, जर्मनी र अमेरिकामा पनि संक्रमण बढीरहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ। वुहानमा पुगेर चीनका राष्ट्रपति सी जिनपिङ चीन कोरोना सङ्कटबाट माथि उठेको सन्देश दिएका छन्। सो क्रममा चीनका स्वास्थ्यकर्मीले लगाएको मास्क खोलेर सङ्क्रमण टाढिँदै गएकोमा खुसी व्यक्त गरेका थिए।