एजेन्सी– कोरोना भाइरसकाे संक्रमणका कारण भारतमा दुईजनाको मृत्यु भएको छ। दिल्लीको जनकपुरीमा बस्ने ६९ वर्षीया महिलाको कोरोनाको मृत्यु भएको भारतीय सञ्चार माध्यमले खबर लेखेका छन्।
उनको दिल्लीको राम मनोहर लोहिया अस्पतालमा उपचार भइरहेको थियो। उनको शुक्रबार राति मृत्यु भएको हो। मधुमेह र उच्च रक्तचापको बिरामी समेत रहेकी उनको मृत्युसँगै भारतमा कोरोनाको कारण ज्यान गुमाउनेको संख्या दुई पुगेको छ। यसअघि बिहीबार कर्नाटकको कलबुर्गीमा ७६ वर्षीय वृद्धको मृत्यु भएको थियो।
भारतका स्वास्थ्य सचिव प्रीति सदनका अनुसार ती महिलाको उसको छोरोको सम्पर्कमा आएपछि संक्रमण भएको थियो। उनको छोरा जापान, जेनेभा र इटली हुँदै दिल्ली फर्किएका थिए।
छोराको संक्रमण आमालाई सारेको थियो। घर फर्किएका छोरा बिरामी थिए। उनको सम्पर्कमा पुगेपछि आमालाई पनि कोरोना संक्रमण भएको भन्दै अहिले ती परिवारका सबै सदस्यको स्वास्थ्य परीक्षण गरिएको छ। स्वास्थ्य परिक्षण गर्दा सबै परिवारमा कोरोना देखिएको छ।