भक्तपुर– भक्तपुरमा मिनी टिपरको ठक्करबाट १८ महिने शिशुको मृत्यु भएको छ। भक्तपुरको चाँगुनारायण नगरपालिका ९ मा जय व्रह्मायणी इँटा भट्टामा माटो बोक्ने बा ५ ख ७९७१ नम्बरको टिपरले ठक्कर दिँदा १८ महिने शिशिर मोक्तानको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय भक्तपुरकोअनुसार टिपरको ठक्करबाट घाइते भएका जिरायल घर भएका १९ वर्षीय ईश्वर मोक्तानका छोरा शिशिरको उपचारका लागि मध्यपुर अस्पतालमा लैजाने क्रममा मृत्यु भएको हो।
ईश्वर मोक्तान सोही इँटाभट्टामा काम गर्दछन्। टिपर चालक भक्तपुरको च्यामासिंह बस्ने ४० वर्षीय श्याम फैजुलाई महानगरीय प्रहरी वृत्त जगातीले नियन्त्रणमा लिएर कारवाही प्रक्रिया अघि बढाएको प्रहरीले जनाएको छ।