काठमाडाैं– बौद्धक लेखक तथा प्राध्यापक डा. डिपी भण्डारीको निधन भएकाे छ। साहित्यकारकाे रूपमा परिचित भण्डारीकाे शनिबार निधन भएकाे हाे।
करिब ४० वर्षसम्म त्रिभुवन विश्वविद्यालयमा प्राध्यापन गरेका भण्डारी सन् १९३६ मा डोटीको निरौला गाउँमा जन्मिएका थिए। भण्डारीकाे ‘मृगस्थली’ नामक निबन्धसंग्रह प्रकाशित छ। उनकाे स्वास्थ्य अवस्था केहि समयदेखि बिग्रिएकाे थियाे।