काठमाडौं – विश्वव्यापी रुपमा फैलदै गएको कोरोना भाईरसबारे पाटन जेसिजले जनचेतनामुलक अभियान थालेको छ। अभियानअन्र्तगत पाटन जेसिजले शनिबार पाटन ढोका र मगंलबजारमा जनचेतनामुलक व्यानरहरु झुन्ड्याएको छ।
कोरोनाको लक्षण र यसबाट बच्ने उपायहरु उल्लेख गरीएको व्यानर झुन्ड्याईएको हो। अभियानलाई अझै वृहत्त रुपमा अघि बढाउने पाटन जेसिजका अध्यक्ष डेजी नापितले जानकारी दिए। अभियानको नेतृत्व पाटन जेसिजका लागि निरुपित राष्ट्रिय कार्यकारीणी उपाध्यक्ष गोकुल सापकोटा र राष्ट्रिय उपाध्यक्ष धिरज शाहीले गरीरहेका छन्।
चिनको वुहाङ राज्यबाट शुरु भएर अहिलेसम्म १ सय ४९ देशमा फैलिएको कोरोनाबाट १ लाख ५० हजार ९७ जना संक्रमित भईसकेका छन्।
जसमध्ये ५ हजार ६ सय १७ जनाको मृत्यू भईसकेको छ भने ७३ हजार ७ सय ३१ जना निको भएर घर फर्किएका छन्। अहिले पनि ७० हजार ७ सय ४९ जना कोरोना संक्रमित बिरामीहरु छन्।
जसमध्ये ५ हजार ७ सय ८ जनाको अवस्था गम्भिर छ भने ६हजार ५ सय ४१ जनाको अवस्था सामान्य छ। पछिल्लो समय कोरोनाबाट सबैभन्दा बढी प्रभावित ईटाली र ईरान भएको छ। ईटालीमा हालसम्म १७ हजार ६ सय ६० जनामा यसको संक्रमण देखिएको छ जसमध्ये १ हजार २ सय ६० जनाको मृत्यू भइसकेको छ भने ईरनमा १२ हजार ७ सय २९ संक्रमितमध्ये ६ सय ११ जनाले ज्यान गुमाएका छन्।
कोरोनाबाट सबैभन्दा बढी प्रभावीत भएको चिनमा ८० हजार ८ सय २४ जनामा यसको संक्रमण भएको थियो। संक्रमितमध्ये ३ हजार १ सय ८९ जनाले ज्यान गुमाएका थिए। चिनमा भने अहिले कोरोना नियन्त्रणमा आईसकेको चिन सरकारले दावी गरेको छ।
नेपालमा भने अहिलेसम्म कोरोनाको खासै प्रभाव देखिएको छैन्। हालसम्म नेपालमा एकजनामा यसको संक्रमण देखिएको थियो र ति संक्रमित निको भइसकेका छन्।