एजेन्सी– स्पेनका प्रधानमन्त्री पेद्रो सान्चेजकी पत्नी मारिया बेगोना गोमेज फेर्नान्देमा पनि कोरोना भाइरसको संक्रमण देखिएको छ।
स्वास्थ्य अधिकारीहरुले गरेको स्वास्थ्य परीक्षणमा मारियामा कोरोना भाइरस फेला परेको सरकारले सार्वजनिक गरेको रिपोर्टमा बताइएको छ। कोरोना भाइरस देखिए पनि उनी खतरामुक्त रहेको बताइएको छ।
स्पेनिस सरकारले मन्त्रिपपरिषद्का सबै सदस्यको स्वास्थ्य परीक्षण गराएको थियो। त्यसक्रममा दुई मन्त्री इरेने मोन्तेरो र क्यारोलिना दारियासमा संक्रमण भेटिएको थियो। युरोपमा इटालीपछि स्पेन कोरोना भाइरसले संक्रमित दोस्रो ठूलो देश हो।