काठमाडौं– आज (आइतबार) सुनको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबार प्रतितोला ७८ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आइतबार तोलामा १ हजार ५ सय रुपैयाँले घटेर ७७ हजार कायम भएको जनाएको छ।
यस्तै तेजावी सुन प्रतितोला ७६ हजार ७ सयमा कारोबार भइरहेको छ। चाँदीको मूल्य ३० रुपैयाँले घटेर प्रतितोला ७ सय ९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।