काठमाडौं– चीनकाे वुहान शहरबाट महामारीकाे रूपमा फैलिएकाे काेराेना भाइरसबाट विश्वभर ५ हजार ८ सयभन्दा बढी मानिसकाे मृत्यु भइसकेकाे छ। काेराेनाबाट एक लाख ५७ हजारबढी मानसहरू संक्रमित भएका छन्। यसको डरले मानिसहरुको जनजीवन अत्यन्त प्रभावित भएको छ।
कोरोना भाइरसको संक्रमणको शुरुवाती लक्षण रुघाखोकि र उच्चा ज्वरो हो, जुन फ्लू संक्रमणको पनि लक्षण हो। त्यसैले फ्लू र कोरोना भाइरसको लक्षण बुझ्न अति नै कठिन भएको छ। यो दुबै भाइरल इन्फेक्सन हो र यो एउटा मानिसबाट अर्को मानिसमा फैलन सक्छ। यो इन्फेक्सन प्रायः हाछ्यूँ र खोक्नाले फैलिन्छ। दुबै कोविड १९ र फैलने किसिमको भाइरस हो। श्वास प्रश्वासको विरामीदेखि लिएर सास फेर्न गाह्रो हुने, घाँटी दुख्ने, रुघा(खोकी र ज्वरो आउने लक्षण देखिन्छ।
कोरोना भाइरस र फ्लूको लक्षण देख्दा यो दुवै अलग जातीका भाइरसहरु हुन्। सन् २०१९ मा कोविड–१९ एउटा नोवेल कोरोना भाइरस हो। यो भन्दा पहिला मानिसमा देखिएको थिएन। कोरोना भाइरस इन्फ्लूएन्जा र दोस्रो भाइरसको तुलनामा तिव्रताका साथ फैलिएको विशेषज्ञहरुले जानकारी दिएको छ।
रुघा,खोकीसंगै ज्वरो, थकान, पूरा शरीर दुख्ने र जाडो लागेर कम्प हुनु फ्लूको लक्षण हुन्। यो भाइरसको शुरुवाती लक्षणहरु भएकाले कोरोना भाइरस र फ्लूका बीच अन्तर पत्ता लगाउन कठिन भएको छ। फ्लूको भाइरसबाट संक्रमित हुनु हुन्छ, त्यो समयमा यसको लक्षण दुईदेखि तीन दिन भित्र देखिन्छ भने कोरोना भाइरसको लक्षणहरु दुईदेखि चौध दिनसम्मको समय लाग्न सक्छ।
नोवेल कोरोना भाइरसको बारेमा अहिले डाक्टर र वैज्ञानिकहरुले सर्वेक्षण गरिरहेका छन्। संसारमा सबैभन्दा ठुलो स्वास्थ्य जोखिमहरुमध्ये फ्लू पनि एक हो। यसकोे उपचार गर्ने तरिका धेरै फरक छ। फ्लूको भ्याक्सिन र औषधिहरु उपलब्ध छन् तर कोरोना भाइरसको उपचार पत्ता लागेको छैन।