एजेन्सी– आमाले आफ्नी छोरीको बिहे आफ्नाे प्रेमीसँग गराइदिइन्। छोरीको बिहे गराइसकेपछि पनि उनले ती प्रेमीसँग अवैध सम्बन्ध जारी राखिन्। याे सबै थाहा पाएपछि छोरीले आत्महत्या गरिन्। अहिले मृतककी बहिनीले आफ्नी आमाविरुद्ध दिदीलाई आत्महत्या गर्न बाध्य पारेको अभियोगमा उजुरी दिएकी छिन्।
आज तककाअनुसार घटना हैदराबादको हो। १७ वर्षकी छोरीले दिएको उजुरीअनुसार उनकी आमा १ वर्षदेखि पितासँग छुट्टिएर बसेकी थिइन्। यही समयमा उनकी आमा अनिताको नवीन कुमार नामका एक व्यक्तिसँग अवैध सम्बन्ध थियो। छोरीका अनुसार ती युवक प्रायः उनको घर आइरहन्थे। नवीनसँगको आफ्नो अवैध सम्बन्ध अगाडि बढाउनको लागि अनिताले आफ्नी जेठी छोरीको बिहे नवीनसँग गराइदिएकाे उजुरीमा उल्लेख छ।
केही समयपछि छोरीले यो कुरा थाहा पाइन् र याे सब सहन नसकेर उनले आत्महत्या गरिन्। छोरीकाअनुसार उनकी मृतक दिदी हैदराबादको एक कलेजमा पढ्थिन्। गत वर्ष डिसेम्बरमा उनले आफ्नी आमा र आफ्ना पति नवीनको बीचमा अवैध सम्बन्ध रहेको थाहा पाएपछि उनले पतिको घर छोड्ने धम्की दिएकी थिइन्। बिहेपछि पनि आमा र नवीनको अवैध सम्बन्ध पहिलेजस्तै जारी थियो जसका कारण मृतक युवती निकै तनावमा थिइन्।
अवैध सम्बन्ध जारी रहेपछि उनले आमा र पतिलाई यो सब बन्द नगरे आत्महत्या गर्ने धम्की दिएकी थिइन्। तर, उनको धम्कीपछि पनि उनीहरुको अवैध सम्बन्ध जारी रहेपछि उनले दिक्क भएर आत्महत्या गरिन्। मृतककी बहिनीले मिरापेट पुलिस स्टेशनमा उजुरी दिएकी हुन्। पुलिसले उजुरी दर्ता गरेर कारवाही अगाडि बढाएको छ।