काठमाडौं – तत्कालीन एकीकृत नेकपा माओवादी (हाल नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)लाई एउटा कार्यक्रममा थप्पड हानेर चर्चामा आएका पदम कुँवर पक्राउ परेका छन्।
संघीय संसद भवनमा जवरजस्ती छिरेको आरोपमा शनिबार राति कुँवर पक्राउ परेका हुन्। संघीय संसद भवनको सुरक्षामा खटिएका प्रहरीसंग शनिबार साँझ संसद भवनको शौचलय प्रवेश गरेको बिषयमा विवाद परेको थियो।
पक्राउ परेका कुँवरलाई महानगरीय प्रहरी बृत्त नयाँ बानेश्वरमा राखिएको छ। महानगरीय प्रहरी बृत्त नयाँ बानेश्वरका प्रमुख प्रहरी नायव उपरीक्षक (डिएसपी) दूर्गाराज रेग्मीले कुँवर पक्राउ परेको जानकारी दिए।
बाग्लुङको राजकुत भर भएका कुँवरले २०६९ सालमा काठमाडौंको भृकुटीमण्डपमा आयोजित एउटा कार्यक्रममा प्रचण्डमाथि थप्पड प्रहार गरेका थिए। बाग्लुङका कुँवर त्यसवेला वैद्य माओवादीसँग आबद्ध थिए।