एजेन्सी– अण्डालाई पौष्टिक खाद्य पदार्थ मानिन्छ।यसले इम्युन सिस्टम ठीक रहन्छ। जसकारण भाइरल इन्फेक्सन रुघाखोकी जस्ता समस्याबाट बच्न सकिन्छ। अण्डामा फालिक एसिड र भिटामिन बी १२ ले स्तन क्यान्सर हुनबाट बचाउँछ। अण्डा एनिमियाका रोगीको लागि फाइदाजनक हुन्छ।
आँखा र दिमागलाई फाइदाः
यसमा कालिन नामक पोषण तत्व हुन्छ। अण्डामा पाइने कैरोटिनायड्स नामक तत्वले आँखाको रोशनी बढाउन मद्दत गर्छ। अण्डा बिहानै खानाले दिनभर पेट भरिरहेको महसुस हुन्छ। यसले भोक कम लाग्छ र तौल बढ्नबाट रोक्छ। अण्डा खानाले वैड कोलेस्ट्रोलको मात्रा कम हुन्छ। यसले शरीरमा गुड कोलेस्ट्रोल बढाउँदा मुटुसम्बन्धी समस्या हट्छ।