काठमाडौं– विभिन्न जिल्लाका जिल्ला प्रमुख अधिकारी (सीडीओ)हरुको सरुवा भएको छ। गृह मन्त्रालयले कास्की, धनुषा, मकवानपुर, अछाम, धनकुटा, सिन्धुली, नवलपरासी पश्चिम, उदयपुर, पाँचथर, सिराहा, बारालगायतका जिल्लाका सीडीओको सरुवा गरेको हो।
कास्कीका प्रमुख जिल्ला अधिकारी रमेश कुमार केसी अध्यागमन विभागको महानिर्देशकको रुपमा सरुवा भएका छन् भने कास्कीमा गृह मन्त्रालयका सहसचिव ज्ञान प्रसाद ढकाल नयाँ सीडीओ भएर गएका छन्। यस्तै, बाराका प्रमुख जिल्ला अधिकारी फणिन्द्र मणि पोखरेलेको गृह मन्त्रालयमा सरुवा भएको छ भने उनको ठाउँमा उपसचिव रुद्र प्रसाद पण्डितलाई कायममुकायम सीडीओको जिम्मेवारी दिएर सरुवा गरिएको छ।
त्यस्तै, धनुषाका प्रमुख जिल्ला अधिकारीको कारागार व्यवस्थापन विभागको महानिर्देशकका रुपमा सरुवा भएको छ भने उनको ठाउँमा सहसचिव कोश हरि निरौलाको सरुवा भएको छ।