एजेन्सी– चीनको वुहान शहरबाट फैलिएको कोरोना (कोभिड १९) भाइरसको कारण इटालीको चियेने नगरका मेयरको मृत्यु भएको छ। इटालियन सञ्चारमाध्यमको अनुसारसबैभन्दा धेरै प्रभावित क्षेत्र उत्तरी इटालीस्थित चियेने नगरका मेयर ७० वर्षीय गियोर्गियो भलोटीको कोरोना भाइरसका कारण मृत्यु भएको हो।
मार्च ७ तारिखदेखि उनीमा कोरोना भाइरसको संक्रमण भएको कारण अस्पतालमा उपचाररत थिए। कोरोना भाइरसका कारण फोक्सको संक्रमण भएको र यहीकारण शुक्रबार उनको मृत्यु भएको बताइएको छ।
हालसम्म इटालीमा कोरोना भाइरसका कारण १ हजार ४ सय ४१ जनाको मृत्यु भइसकेको छ भने अन्य २१ हजार भन्दा बढी यो नोवल भाइरसबाट संक्रमित छन्।