एजेन्सी– अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले काेराेना भाइरसबाट अमेरिकी जनताहरुलाई नआत्तिन आग्रह गरेका छन्। उनले आफुहरुले कोरोना नियन्त्रणमा विशेष कामहहरु गरिरहेकाे बताएका छन्।
अमेरिका सरकारले कुनै पनि उपभोग्य सामानको कमी हुन नदिन हरसम्भव प्रयास गरेको उनले बताएका छन्। अमेरिकी सरकारले भाइरस नियन्त्रणका लागि विभिन्न सतर्कता अपनाउँदै आइरहेको र आम मानिसलाई धैर्य गर्न ट्रम्पले आग्रह गरेका छन्।
तर अमेरिकामा काेराेनाकाे अवस्था झन् भयावह हुने एक विज्ञले बताएका छन्। डाक्टर एन्थोनी फाउसीले अमेरिकाले भयावहस्थिति देख्नै बाँकी रहेको बताएका हुन्। अमेरिकाले अपनाएको सतर्कता पर्याप्त नरहेको उनले बताएका छन्।
यही अवस्थामा कोरोना भाइरस फैलिए अमेरिकी सरकारले ठूलो मुल्य चुकाउनु पर्ने उनले बताएका छन्। हालसम्म अमेरिकामा कोरोना भाइरसका कारण ६९ जनाको मृत्यु भएको छ भने संक्रमितहरुको संख्या ३ हजार ७ सय ८२ पुगेको छ।