एजेन्सी– विश्वभर आतङ्क मच्चाइरहेकाे काेराेनाा भाइरसविरूद्धकाे खाेप पहिलाेपटक मानिसमा परीक्षण गरिने भएकाे छ। साेमबार अमेरिकामा खाेपकाे परीक्षण गरीन लागेकाे हाे। उक्त खाेप परीक्षणमा ४५ जना वयस्क अमेरिकी स्वयंसेवीहरू सहभागी हुनेछन्।
भाइरसकाे संक्रमण नभएका स्वयमसेवीमा खोपका विभिन्न मात्रा दिइने छ। उक्त खोपमा वास्तविक कोरोनाभाइरसको कुनै अंश छैन। त्यसमा मेसिन्जर आरएनएको सानो भाग भएकोअमेरिकी अधिकारीले बताएका छन्।
परीक्षण गर्न लागिएको भ्याक्सीनलाई नाम एमआरएनए १२७३ नामकरण गरिएको हाे। बिरामीको कोषलाई भाइरसको सङ्क्रमणबाट जोगाउन वा रोगविरुद्ध लडेर निको पार्न आवश्यक प्रोटीन उत्पादन गर्न सक्रिय बनाउने वैज्ञानिकहरूको योजना छ। पहिलो चरणमा कोरोना भाइसविरुद्धको भ्याक्सीनको मात्रामा प्रतिरक्षा प्रणालीले कुनै प्रतिक्रिया जनाए वा नजनाएको जाँच हुनेछ। र त्यसपछि भ्याक्सिनकाे जाँच अर्काे चरणमा गरिने छ।
चीनकाे वुहान शहरबाट फैलिएकाे काेराना (काेभि–१९) भाइरसबाट विश्वमा ६ हजार ५ सय १८ जनाकाे मृत्यु भइसकेकाे छ भने एक लाख ६९ हजारभन्दा बढी संक्रमित भएका छन्। पछिल्लाे समयमा युराेपियन राष्ट्रहरूमा काेराेनाकाे त्रास बढिरहेकाे छ।