काठमाडौं – कोरोना भाइरसको संक्रमण विश्वभर फैलिएको छ। यसको संक्रमणले ६ हजारबढी मानिसको मृत्यु भएको छ भने १ लाख ७० हजार मानिस संक्रमित भएका छन्। कोरोना भाइरसकाे कारण संसार नै तहसनहस हुने अवस्थामा पुगेको भ्रम फैलाइएको छ। यसले मानिसहरु भयभीत छन्। तर काेराेनाबारे केही वास्तविकताहरूकाे जानकारी भएमा मानिसहरू आफैँ कसरी सुरक्षित रहने भनेर सतर्क रहन सक्छ।
भ्रामक कुराहरूले भयानक मानिएकाे काेराेनाबारे केही जानकारी तथा सर्तक रहने उपायहरूः
१. कोरोना भाइरसको संक्रमण हुनसक्ने अवस्था कम भएकाले शरीरलाई तातो राख्नु उत्तम हुन्छ।
२. औषधि र खोप पत्ता नलागिसकेकाले यसबाट जोगिनु नै उत्तम हुन्छ।
३. दीर्घ रोगी, बृद्धबृद्धा तथा रोगसँग लड्ने क्षमता नभएका व्यक्तिलाई यसको संक्रमण हुने जोखिम उच्च रहेको छ।
४. विश्वासिलो सञ्चारमाध्यको सूचनालाई मात्र आधार मानौं, भयभीत नबनौं।
५. मास्कको प्रयोग र पटक–पटक हात धुँदा यसको संक्रमण नहुन सक्छ।
६. पटक–पटक मुख तथा नाकमा हात लानु हुँदैन।
७. खोक्दा वा हाच्छ्यूँ गर्दा रुमालले नाक, मुख छोपेर मात्र गर्नुपर्दछ।
८. खोकी वा हाच्छुयूँपछि साबुन पानीले हात राम्रोसंग धुनु पर्दछ।
९. जंगली तथा घरेलु पशुपंक्षीहरुको सम्पर्कबाट टाढा रहने गर्नुपर्दछ।
१०. राम्रोसँग पाकाएर मात्र खानु पर्छ।
११. यसको संक्रमणबाट बच्न भीडभाडमा नजाने।
१२. कोरोनाको हल्ला अनुसारको सत्यता छैन। यसको मृत्युदर निकै कम छ।
१३. १ सय ४ डिग्री भन्दा बढी ज्वरो आएमा, श्वासप्रश्वासमा समस्या भएमा, रुघाखोकी लागेमा यो भाइरसको लक्षणहरु हुन्।