काठमाडौं– विदेशी मुद्रा विनिमयको मुद्दामा फरार एक जना प्रतिवादी पक्राउ परेका छन्। सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–३ बस्ने ३७ वर्षीया साङ्डोमा शेर्पा काठमाडौंको स्वयम्भुबाट पक्राउ परेकी हुन्।
शेर्पालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्ज काठमाडौंले पक्राउ गरेको हो। २०७१ साल साउन २० गते सिन्धुपाल्चोक जिल्ला अदालतले उनलाई ६८ लाख ६२ हजार ४ सय १३ रुपैयाँ ६० पैसा जरिवाना तोकेको थियो।
शेर्पालाई कैद भुक्तानका लागि केन्द्रीय कारागार काठमाडौंमा पठाइएको प्रहरी उपरीक्षक वेलबहादुर पाण्डेले जनाए।