एजेन्सी– कोरोना भाइरसको संक्रमणबाट बहराइनमा पहिलाेपटक मानिसकाे मृत्यु भएकाे छ। त्यहाँको स्वास्थ्यमन्त्रालयले ट्विटरमार्फत यस्ताे जानकारी दिएको हो।
स्वास्थ्यमन्त्रालयका अनुसार मृत्यु हुनेमा ६५ वर्षका नागरिक रहेका छन्। उनी अरु विभिन्न रोगबाट पनि ग्रसित भएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ।