काठमाडाैं– चीनबाट सुरु भएको नोवेल कोरोना भाइरस (केभिड १९)को संक्रमण र सन्त्रास बढेसँगै नेपालमा पनि सावधानीका थुप्रै उपायहरु अपनाउन थालिएको छ। यसै क्रममा सरकारले कोरोना भाइरसबारे जानकारी लिन सकिने गरि निःशुल्क फोन सेवा सञ्चालनमा ल्याएको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले कोरोना भाइरसबारे सर्वसाधारणहरुलाई सहि जानकारीहरु दिन शुक्रबारदेखि कल सेन्टर सुरु गरेको हो। जसकाे लागि महाशाखाले फोन उठाउन मात्रै ६ जनालाई खटाएको छ।
सो भाइरसले पार्ने असर र त्यसबाट बच्ने उपायहरुबारे थाहा पाउन चार अंकको विशेष नम्बर १११५ मा निःशुल्क फोन गर्न सकिने भएको छ। यसकाे अलवा टोल फ्रि नम्बर १६६००१९७००० समेत फोन गरेर यो संक्रमणबारे परार्मश लिन सकिने छ।
साथै कोरोना माहामारी फैलिएको खण्डमा त्यसको संक्रमणबाट कसरी जोगिने, कुन–कुन अस्पताल जाने आदि विषयकाे जानकारी सो कल सेन्टरबाटै लिन सकिने जनाइएकाे छ। कोरोनाबारे फैलाएकाे त्रासकाे पछि नलागी चौबिसै घण्टा खुला हुने १११५ नम्बरमा सम्पर्क गरी यस सम्बन्धी सत्यतथ्य बुझ्न महाशाखाले आग्रह मेत गरेको छ।