काठमाडौं– कोरोना सक्रंमणले व्यापकता पाएसँगै नेपालमा विभिन्न वस्तुहरुको कालाबजारी शुरु भयो। जसमध्ये सबैभन्दा बढी कालाबजारी ‘सर्जिकल मास्क’मा भएको पाईएको छ। कोरोना संक्रमणबाट जोगिनको लागि मास्कको प्रयोग गर्नुपर्ने भएपछि यसको माग नेपालमा पनि ह्वात्तै बढेको थियो।
बजारमा माग बढी भएको मौका छोपेर मास्कको व्यापार गर्दै आएकाहरुले कृत्रिम अभाव सृजना गरेर कालोबजारी गर्दै आएका छन्। २–३ रुपैयाँमा बिक्रि हुँदै आएको सर्जिकल मास्क १५ गुणा बढी मुल्यसम्ममा बिक्री हुन थालेपछी प्रहरीले मास्कको कालाबजारी गर्नेहरुमाथी निगरानी बढाएको थियो।
प्रहरी–प्रशासनले निगरानी बढाएपछि पछिल्लो समय कालाबजारी गर्नका लागि लुकाएर राखिएका लाखौँ मास्कहरु प्रहरीले बरामद गरीरहेको छ। आजमात्र पनि प्रहरीले काठमाडौंको सतुगंलबाट ६ लाख हाराहारीमा मास्क बरामद गरेको छ।
यसअघि पनि कपनबाट १ लाख ६८ हजार थान र डल्लुबाट ७८ हजार थान मास्क बरामद भएको थियो। बरामद भएको मास्क प्रहरीले आफ्नो नियन्त्रणमा राखीरहेको छ। प्रहरीले बरामद गरेको मास्कको के हुन्छ त?
महानगरिय प्रहरी परिसरका प्रमुख एसएसपी उत्तमराज सुवेदी भन्छन्, ‘यि मास्कहरुलाई नेशनल ट्रेडिङ र साझा सहकारीजस्ता सरकारी स्वामित्वमा रहेका संस्थाहरुमार्फत उपभोक्तालाई सुपथ मुल्यमा उपलव्ध गराउनेगरी प्रकृया शुरु भईसकेको छ। प्रकृया पुरा गरेर भोली डिस्प्याच गर्ने तयारीमा छौँ।’
मास्कसँगै पक्राउ परेकाहरुमाथी कालाबजारी ऐनअन्र्तगत कारवाही अघि बढाइएको पनि उनले जानकारी दिए।