एजेन्सी–अमेरिकामा कोरोना भाइरसका कारण ९३ जनाको मृत्यु भएको छ। अमेरिकामा एक दिनमा नै भाइरसका कारण १९ जनाको मृत्यु भएको छ। त्यस्तै संक्रमतिको संख्या ४ हजार ७ सय २७ पुगेको छ। अमेरिका कोरोनाको त्रास भयावह स्थिति देखिएको छ।
अमेरिकामा कोरोना भाइरसलाई लिएर सरकारले गरेको हेलचक्याँईका कारण आज देशले यस्तो हविगत भोगेको अधिकारीहरुले आरोप लगाएका छन्।
आइतबार बसेको एक बैठकले अमेरिकाले सम्पुर्ण अमेरिकन जसले बिमा गरेका छन् उनीहरुले निशुल्क कोरोना परीक्षण गर्न पाउने निर्णय गरेको छ।
अमेरिकामा पनि कालोबजारी सुरु भएको बताइएको छ। माक्स र ट्वाइलेट पेपरको अभाव भएको छ भने आम उपभोग्य सामान एक दिनमा नै स्टोरबाट सकिन थालेको बताइएको छ।
अमेरिकामा सरकार र विज्ञहरुको टिप्पणी बाजिएपछि आम मानिसमा थप त्रासको वातावरण भएको मिडिया रिपोर्टमा उल्लेख छ। सरकारले धैर्य रहन आग्रह गरे पनि विज्ञहरुले स्थिति झन् खतरनाक हुँदै गएको बताउँदै आइरहेका छन्।