मोरङ– सवारी दुर्घटनामा परी मोरङको कानेपोखरीमा एकजनाको मृत्यु भएको छ।
कानेपोखरी-७ बिहिबारे मोड पूर्वपश्चिम लोकमार्गमा सवारी दुर्घटनामा परी अन्दाजी ५० वर्षिय पुरुषको मृत्यु भएको हो।
ठक्कर दिने सवारी साधन र मृतकको पहिचान नखुलेको प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ।
दुर्घटनामा गम्भिर घाइते ती पुरुषको उपचारका क्रममा विराटनगरको नोबेल मेडिकल कलेजमा मृत्यु भएको हो।